सल्यानका २२ जना दृष्टि बिहिन बिद्यार्थीलाई बिद्यालय पोशाक वितरण

सल्यान २३, माघ ।
सल्यानको एक बिद्यालयमा अध्ययनरत दृष्टि विहिन बिद्यार्थीहरुलाई बिद्यालय पोशाक वितरण गरिएको छ । जिल्लाको शारदा नगरपालिकाको शितलपाटीमा रहेको शिवजन माद्यामिक बिद्यालयमा अध्ययनरत दृष्टि बिहिन बिद्यार्थीहरुलाई शुक्रवार बिद्यालय पोशाक वितरण गरिएको हो । सल्यान जेसिज सल्यानको आयोजनामा बिद्यालयमा अध्ययनरत २२ जना बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

बिद्यार्थीहरुको ब्यक्तित्व र नेतृत्व विकासको लागी भन्दै पोशाक वितरण गरिएको सल्यान जेसिज बर्ष २०२१ का अध्यक्ष मोहन सारुले जानकारी दिनुभयो । पोशाक वितरण कार्यक्रमका कार्यक्रम संयोजक निरज सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दृष्टि बिहिन स्रोत कक्षाका स्रोत शिक्षक राजेश अर्यालले बिद्यार्थीहरुको लागी पोशाक वितरण गरेकोमा सल्यान जेसिजलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सहजीकरण सल्यान जेसिज बर्ष २०२१ का महासचिब दिपक बोहराले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित