सल्यान २४, माघ ।
सल्यानको कुमाख गाउपालिकामा पालिका स्तरीय पोषण कार्यक्रमको चौमासीक समीक्षा तथा दिगोपना सुनिश्चितताका लागि कार्ययोजना तयारी गोष्ठी शुक्रबार सम्पन्न भएको छ । बिहीवार र शुक्रबार गरि दुई दिनसम्म संचालन भएको कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु कुपोषणको सिकार भएमा समग्र आर्थिक तथा सामाजिक बिकासमा समेत बाधा पुग्ने भन्दै बच्चागर्भमा रहे देखि नै आमा र बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा पालिका भित्रका सबै वडा अध्यक्ष, शिक्षा, स्वास्थ्य, कृषि बिकास, पशुपक्षि बिकास शाखा, सबै स्वास्थ्य सस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत सरोकारवालाहरु निकायबाट सहभागी रहेको यस कार्यक्रममा अहिलेको बालबालिका भोलीको युग भएकाले बालबालिकाको स्वास्थ्यका लागी विशेष अभियानको थालनी गर्ने सबैले प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा गाउपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि बिकास, पशुपक्षि बिकास शाखाका प्रमुखहरुले आआफ्नो शाखाहरुले गरेका कार्यको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा प्रस्तुती राख्नु भएको थियो । यस गाउपालिकाबाट कुपोषण हटाउन सबै सरोकारवालाहरुले भुमिका खेल्नु पर्ने भन्दै कुपोषण न्युनिकरण गर्न वडा स्तरबाट कार्यको शुरुवातगर्नु पर्नेमा सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।
सुआहारा कार्यक्रमका प्राबिधिक संयोजक निरज केसीले सकारात्मक सोंचका विषयमा प्रस्तुती राख्दै व्यवहार परिवर्तनका बारेमा आफैबाट शुरुवात गर्नु पर्ने विषयमा जोड दिनु भएको थियो । ‘हामी आफैले नयाँकामको शुरुवातगर्नु पर्छ’ उहाँले भन्नुभयो ‘मानिस नामले भन्दापनि कामले परिचित बन्नु पर्छ ।’ पोषणको प्रसंगमा उहाँले बालबालिकाको पोषणमा गरेको लगानी कहिलै खेर नजाने बताउनुभयो ।
बालबालिकाको स्वास्थ्यको लागी अभिभावकहरु विशेष चनाखो हुनु पर्ने बताउँदै स्थानीय सरकारले पनि पोषणको क्षेत्रमा लगानीगर्न अग्रसर हुन पर्ने कुरामा जोड दिनुभयो । ‘बालबालिका कुपोषणको शिकार भएमा विकासमा समेत बाधा पुग्छ, त्यसैले बच्चागर्भमा रहे देखि नै आमा र बच्चालाई पोषणयुक्त खानेकुराहरु दिनु पर्छ’ उहाँले भन्नुभयो । हालदिगो विकास लक्ष्यमा पुग्न समेत पोषणको क्षेत्रमागर्नु पर्ने कामहरु थुप्रै रहेकाले यस पालिकाले आगमीदिनमापोषणको क्षेत्रमा ठोस योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा गाउपालिकाको वस्तु स्थितीको बारेमा प्रस्तुतिकरण गर्दै प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले गाउपालिका स्थापना कालमा तयार गरिको पालिका पाश्र्वचित्रलाई अवका दिनमा पुनः परिमार्जन गरी त्यतिबेलाको अवस्था र हालको अवस्थाको वारेम मूल्यांकन गर्न जरुरी रहेको बताउनुु भयो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरी) ले समग्र पालिकाको पोषण अवस्था सुधार गर्नको लागीसबै जनप्रतिनिधिहरु र कर्मचारीहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भयो । त्यस माथिपनि स्वास्थ्य क्षेत्रका कर्मचारीहरु बढि जिम्मेवार हुनुपर्ने र कुनै पनि बहानामा कम प्रगती भयो भन्दै पन्छिन नहुने वताउनुभयो । हामी जति उपलब्ध छौँ त्यति कर्मचारीहरुले राम्रो गर्न लाग्नु पर्ने बताउदै गाउपालिकाको स्वास्थ्य तथा पोषण सुधारका कालागी २७ बुँदे प्रतिवद्धताहरु प्रस्तुतगर्नु भयो ।
दलितबिकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले पोषण सुधारका लागी तयार गरेको कार्ययोजना सफलतापुर्वक कार्यान्वय गर्न शुभकामना दिदै दिगोपनाका लागी सबै तह र तप्काबाट सहकार्य र आआफनो जिम्मेवारीका साथ लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले यस पालिकाले गर्भवती आमाहरुलाई लक्षित गरी पोषण सम्बन्धी विशेष कार्यक्रम लागु गर्न आग्रह गर्नुभयो ।
गाउपालिकाको आयोजना तथा युएसएआइडी को सहयोगमा दलित विकास समाज सुआहारा कार्यक्रमको सहकार्यमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रमका सहभागीहरुलाई गाउपालिका उपाध्यक्ष डिल्ली राज जैशीले स्वागतगर्नु भएको थियो भने कार्यक्रमको संचालन गाउपालिका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले गर्नु भएको थियो ।