सल्यान २४, माघ ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा एउटा सुन्दर गाउँले परिवेश ।
तस्वीरमा राप्ती राजमार्ग अन्तर्गत पर्ने सल्यानको मोखला आसपासको मनोरम दृश्य ।
तस्वीरमा सल्यानको बागचौर नगरपालिकाको केन्द्रबिन्दु बागचौर बजार ।
तस्वीरमा उदाउँदै गरेको सुर्यको मनोरम दृश्य ।
तस्वीरमा ढुङ्गाले छाएको सल्यानी मौलिक घर ।
तस्वीरमा कुमाख गाउँपालिकामा पर्ने सुन्दर ठाउँ चिसापानी ।
तस्वीरमा सल्यानको दार्मा गाउँपालिकामा पर्ने सुन्दर गाउँ पैरेखोला ।