नेकपा प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियुद्धारा तीन बिद्यालयमा इकाई कमिटी गठन

सल्यान २७, माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षको अनेरास्ववियुले सल्यानमा आफ्ना गतिविधिहरुलाई अगाडी बढाएको छ । जस अन्र्तगत जिल्लाका बिभिन्न बिद्यालयहरुमा इकाइ कमिटी गठन गर्न थालिएको छ । यसैक्रममा जिल्लाको छत्रेश्वरी गाउँपालिकाका बिभिन्न तीन बिद्यालयमा अनेरास्ववियुको इकाइ कमिटी गठन गरिएको छ ।

जसमा शारदा माद्यामिक बिद्यालय र्शखमुलमा शुस्मिता डाँगीको अध्यक्षतामा ९५ सदस्यीय इकाई कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा मिलन रेग्मी र दिपिका सुनार, सचिबमा मुना खड्का, सहसचिवमा गिता बोहरा र संगिता महतरा, कोषाध्यक्षमा बिनोद गिरी रहनुभएको छ ।

यस्तै महेन्द्र माद्यामिक विद्यालय लेखपोखरामा नबिना पुनको अध्यक्षतामा ९१ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा निरुता केसी ए, सचिबमा निरुता केसी बि, सहसचिवमा सुजन भण्डारी र कोषाध्यक्षमा राजु परियार रहनुभएको छ ।

यस्तै त्रिभुवन जन माद्यामिक बिद्यालय लेखचोरपानीमा अध्यक्षमा शारदा केसीको अध्यक्षतामा ३१ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा पवित्रा केसी, सचिवमा पबित्रा वली, सहसचिवमा सुनिता बिक र कोषाध्यक्षमा नेव बहादुर वली रहनुभएको छ ।

संगठन निर्माण कार्यमा संगठनका पूर्वनेताहरु हिमाल यात्री, तिलक बिक, जिल्ला संयोजक चेतन गिरी, निरज सिंह, गणेश बिक लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस