शिव डाँगी,
सल्यान २९, माघ ।
सल्यानमा यातायात क्षेत्र मार्फत सेवा प्रवाह गर्दै आएको सल्यान शारदा यातायात प्रालिले नाम परिवर्तन गरेको छ । स्थापना देखि नै स्तरीय र भरपर्दो सेवा दिदै आएको प्रालिले नाम परिवर्तन गरेर नमस्ते सल्यान यातायात प्रालि राखेको जनाएको छ ।
२०७५ सालमा दर्ता भएर सल्यान शितलपाटिमा प्रधान कार्यालय स्थापना गरि यात्रुवर्गहरुमा यातायात सेवा प्रदान गर्न थालेको थियो । अहिले सल्यानका सम्पूर्ण स्थानीय रुड, लेखपोखरा, कजेरी, काभ्रा, स्यानिखाल, जयचौर, चान्दे, दमाचौर लगायत थारमारे देखि नेपालगन्ज, खोरबारे देखि दाङ, स्यानिखाल देखि दाङ, खलंगा देखि नेपालगन्ज, सुर्खेत लगाए सम्म यातायात सन्चालन भै रहेको प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले जानकारी दिनुभयो ।
यात्रु बर्गको सुबिधालाई ध्यानमा राखि सल्यान दाङ, नेपालगन्ज क्षेत्रमा सहज यात्रा प्रदान गर्नको लागी यातायात प्रालि सञ्चालन गरिएको उहाँको भनाई छ ।