सल्यान २९, माघ ।
सल्यानमा बिद्यार्थीहरुले भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेका छन् । बैतडीको दोगडकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने कुकार्यमा संलग्न लाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै बिहीवार जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरमा ¥यालि निकालिएको हो ।
संविधानमा टाँसि दे, बलात्कारीलाई फाँसि दे, सरकार भागरथी भट्टलाई न्याय दे लगाएतका नारा लगाउदैँ बिद्यार्थीहरुले ¥यालि निकालेका हुन् । नवशक्ति युवा क्लव श्रीनगरको आयोजना तथा ब्राइट पर्ल एकेडेमी बोर्डिङ स्कुल, मोर्डन तुल्सी एकेडेमी बोर्डिङ स्कुल र मित्र प्याराडाइज बोर्डिङ स्कुलसंगको सहकार्यमा सयौँ बिद्यार्थीहरुको सहभागितामा ¥यालि सहित श्रीनगर वजार परिक्रमा गरिएको क्लवका अध्यक्ष कुमार सिंह केसीले जानकारी दिनुभयो ।
भागरथीको बलात्कारपछि हत्या गरिएको हप्ता दिन हुदाँ पनि हत्यारालाई पक्राउ गर्न सरकार असफल भएकाले सरकारलाई खबरदारी गर्न ¥यालि निकालिएको उहाँको भनाई छ । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । भागरथी श्रीकोटमा रहेको सनातन धर्म माद्यामिक बिद्यालयमा अध्ययनरत रहेकी थिइन् ।