सल्यान १, फाल्गुन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा सहिद स्मृती रुकुम सल्यान मैत्री द्वार ।
तस्वीरमा शारदा नगरपालिका सल्यानमा पर्ने जिल्लाकै प्रमुख ब्यापारीक केन्द्र श्रीनगर बजार ।
तस्वीरमा दार्मा गाउँपालिका सल्यानमा पर्ने मालिका लेक ।
तस्वीरमा माथि निलो आकाश तल देखिएको सुन्दर पहाडको मनोरम दृश्य ।
तस्वीरमा बनगाड कुपीन्डे नगरपालिका सल्यानमा अबस्थित कुपीन्डे ताल ।
तस्वीरमा बागचौर नगरपालिका सल्यानमा पर्ने शारदा नदी पुल, कालाखेत ।
तस्वीरमा एउटा सुन्दर गाउँले परिवेश ।