भागरथी भट्टको आत्माको चिरशान्तीको लागि सल्यानमा दिपप्रज्वलन

सल्यान २, फाल्गुन ।

बिद्यार्थी भागरथी भट्टको आत्माको चिरशान्तीको कामना गर्दै सल्यानमा दिपप्रज्वलन गरिएको छ । सल्यान जेसिज सल्यानको आयोजनामा आज बेलुका श्रीनगरमा दिपप्रज्वलन गरिएको हो । बैतडीको दोगडकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट माघ २१ गते विद्यालय गएको र साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । विभिन्न अनुसन्धानले भट्टको बलात्कार पछि हत्या गरिएको देखाएको छ ।

सल्यान जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि मोहन सारुले भागरथी भट्टको आत्माको सिरशान्तिको कामना गर्दै दिपप्रज्वलन गरिएको जानकारी दिनुभयो । सो अवशरमा संस्थाका सस्थापक अध्यक्ष जेसि राजेन्द्र कुमार थापा र बर्ष २०२० का अध्यक्ष जेसि घनश्याम अधिकारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सल्यान जेसिज बर्ष २०२१ का महासचिब जेेेेसि दिपक बोहराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस