सल्यान ३, फाल्गुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सल्यानको आयोजनामा जिल्ला स्तरीय बृहत अगुवा कार्यकर्ता भेला हुने भएको छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि उत्पन्न समस्या र आगामी कार्यदिशाको बारेमा आम कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उद्धेश्यले भोली फाल्गुन ४ गते बिहान ११ वजे सल्यान क्याम्पस प्रांगण, लुहापिङ खलंगामा भेलाको आयोजना गरिएको हो ।
भेलालाई नेकपाका स्थायी कमिटी सदस्यद्धय जर्नादन शर्मा (प्रभाकर) र शक्ति बस्नेत, नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वाला, नेकपा केन्द्रिय सदस्य तथा संघिय मामिला विभाग प्रमुख परशुराम मेघि गुरुङ, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत लगाएतका बक्ताहरुले प्रशिक्षण दिने कार्यक्रम तय भएकाृ नेकपाका जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले जानकारी दिनुभयो ।
प्रशिक्षणात्मक भेलामा सल्यानबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु, प्रदेश सल्लाहकार परिषद् सदस्यहरु, पार्टीका जिल्ला कमिटी सदस्यहरु, प्रदेश परिषद सदस्यहरु, नगर तथा गाउँ कमिटी सदस्यहरु, वडा कमिटीका अध्यक्ष तथा सचिव, जनवर्गिय संगठनका जिल्ला संयोजक तथा सहसंयोजक, पार्टीबाट निर्वाचित वडाअध्यक्ष तथा कार्यपालिका सदस्य लगाएतको सहभागिता रहने नेकपा सल्यानले जनाएको छ ।