प्रतिनिधिसभा विघटन बिरुद्ध नेपाली काँग्रेस सल्यानद्धारा खलंगामा प्रदर्शन

सल्यान ३, फाल्गुन ।
प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस सल्यानले खलंगामा प्रदर्शन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिती सल्यानको आयोजनामा आज खलंगामा र्याली सहित बिरोध प्रर्दशन गरिएको हो । असंवैधानिक कदम खारेज गर, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद,’ ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर, संविधानको रक्षा गर,’ लगायत लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरिएको हो ।


प्रदर्शन पछि पुरानो बसपार्कमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानको रक्षाको लागी नेपाली काँग्रेस सडकमा आएको बताएका छन् । उनीहरुले दुइतिहाइ बहुमत प्राप्त सरकारले संविधानको रक्षा गर्न नसकेको र स्वयम् प्रधानमन्त्री केपि शर्मा ओलीले कु गरेको संविधानको रक्षाको लागी काँग्रेसले देशभर बिरोध प्रर्दशन गर्दै आएको बताएका हुन् ।

नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्दको अध्यक्षतामा भएको कोणसभामा नेपाली काँग्रसका पुर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पुर्व शिक्षाराज्य मन्त्री राजेन्द्र बहादुर शाह लगाएकाले बोल्नुभएको थियो । नेपाली कांग्रेस एवं भ्रातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस