वन डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न

शिब डाँगी,
सल्यान ४, फाल्गुन ।
वन डढेलो नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा समन्वयात्मक बैठक सल्यानको खलंगामा सम्पन्न भएको छ । डिभिजन बन कार्यालय सल्यान र पहाडि साना किसानका लागी अनुकुलन आयोजना (आसा) को सयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । गर्मीयाम शुरु भएसँगै जिल्लाका बिभिन्न वन क्षेत्रहरुमा बन डढेलो लाग्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणको लागी सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले वन डढेलो नियन्त्रणका लागी समयमा नै पुर्वतयारी गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले बन उपभोक्ता समितीका पदाधिकारी तथा उपभोक्ता र आमनागरिकलाई बन डढेलो नियन्त्रण सम्बन्धि सचेतना प्रदान गर्ने, यदी कोही कसैले वनमा आगलागी गरिहालेमा उसलाई हुने कानुनी कारवाही, तथा जैविक र मानबिय क्षेत्रमा पार्ने असरका बारेमा सबैमा सेचतना प्रदान गर्नुपर्ने बताउनुभयो ।


यस्तै डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले बन डढेलोबाट बन र बन्यजन्तु, प्राकृतिक सम्पदा, वनस्पति, मात्र नभई मानबिय क्षति समेत हुने भएकोले वन डढेलो रोकथामको लागी सबै क्षेत्र सक्रियपुर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले वन डढेलो रोकथामको लागी कार्यालयको तर्फबाट गरिने सचेतिकरणका कार्यहरु सञ्चालन भैरहेको बताउनुभयो ।

यस्तै सल्यान प्रहरी प्रमुख गोबिन्द थापाले वन डढेलो रोकथामको लागी सुरक्षाकर्मीको भर मात्रै नपरेर स्वयम् उपभोक्ताहरु नै सक्रिय बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा पहाडि साना किसानका लागी अनुकुलन आयोजना (आसा) का प्रमुख चुडाराज खतिवडाले अहिलेसम्म आसाले गरेका बिभिन्न गतिविधिहरुका बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।


आसा परियोजनाले जिल्लाको दार्मा कालिमाटी र त्रिबेणी गाउँपालिका तथा बनगाड कुपिण्डे नगरपालिकामा काम गर्दै आएको छ । कार्यक्रममा सरोकारवालाहरु निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस