महेन्द्र आदर्श मा.बि. बाँझकाँडामा मन्दिर र सरस्वतीको मुर्ती स्थापना गरिने

सल्यान ५, फाल्गुन ।
सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाँडामा रहेको महेन्द्र आदर्श माद्यामिक बिद्यालयमा मन्दिर निर्माण सँगै सरस्वतीको मुर्ती स्थापना गरिने भएको छ । आगामी बर्षको बसन्त पञ्चमीमा बिद्यालय परिसरमा नै पुजाआजा गर्ने गरी मन्दिर र सरस्वतीको मुर्ती स्थापना गरिने सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष राम बहादुर बस्नेतले घोषणा गर्नुभएको छ ।

मंगलवार बिद्यालय परिसरमा आयोजित सरस्वती पुजाका अबशरमा उहाँले बिद्यालयको शैक्षिक बिकाससँगै पुर्वाधार विकासमा जोड दिएर मन्दिर र सरस्वतीको मुर्ती गरिने बताउनुभएको हो । सो अबशरमा अबशरमा पुर्व बिद्यार्थी समाजको तर्फबाट संयोजक राजाबाबु रावतले बिद्यालय स्तरका सामान्यज्ञानहरु हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रेशम बुढाथोकी, प्रधानाध्यापक ओपेन्द्र रावत, पुर्व बिद्यार्थीहरु रुपा बस्नेत, मदन बुढाथोकी, दिपक बुढाथोकी, शमशेर चलाउने लगाएतको सहभागिता रहेको थियो । सो अबशरमा साँस्कृति कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस