दोस्रो चरणको हालसम्म सल्यानमा ४१५ जनाले कोरोना विरुद्धको खोप लगाए

सल्यान ५, फाल्गुन ।
सल्यानमा चौध सय बढीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म १ हजार ४ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । पहिलो चरणको खोप १४ माघदेखि र दोस्रो चरणको खोप २ फागुनदेखि सुरु गरिएको थियो ।

पहिलो चरणमा १ हजार २ जना र दोस्रो चरणको हालसम्म ४ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको कार्यालयका स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । जसअनुसार आज जिल्लाको त्रिबेणी, कपुरकोट र छत्रेश्वरी गाउँपालिकामा खोप लगाइएको हो ।


त्रिबेणी गाउँपालिकामा महिला ४६ जना र पुरुष ९४ जना गरेर जम्मा १ सय ४० जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएको त्रिबेणी गाउँपालिकाको स्वास्थ्य संयोजक प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो चरणको खोप जनप्रतिनिधीहरु, कर्मचारी, यस अघि छुटेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरु, नेपाल प्रहरी, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकार तथा संचारकर्मीहरु लगाएतकालाई खोप लगाइदैँ छ ।

दोस्रो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम जिल्लामा फागुन ८ गतेसम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस