रुम टु रिडद्धारा पुस्तक वितरण

शिब डाँगी,
सल्यान २, फाल्गुन ।
अन्तराष्ट्रिय पुस्तक दिबस । सल्यानमा बिभिन्न कार्यक्रम गरि मनाईएको छ । रुम टु रिड पढ्नको लागि कोठाले सल्यानमा अन्तराष्ट्रिय पुस्तक दिबसको अबसरमा पुस्तक वितरण गरेको हो । पढाइमा प्रर्वद्धन गर्न, पुस्तक पढ्ने बानिको बिकास गर्न, बालबालिकालाई उत्प्रेरक बढाउने उद्वेश्यले पुस्तक बितरण गरेको रुम टु रिड कार्यक्रम बाबुराम पोख्रेलले जानकारी दिनुभयो ।

त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङलाई १ सय २० थान उपहार स्वरुप पुस्तक हस्तान्तरण गरिएको छ । पुस्तक वितरण गरेको रुम टु रिड लाई धन्यबाद दिदै प्रधानाध्यापक माधब बिक्रम जिसीले यसले बालबालिकालाई पुस्तक पढ्ने बानीको बिकासमा टेवा पुग्ने बताउनुभयो । यस्तै छत्रेश्वरी गाउपालिकामा २ थान, त्रिबेणि गाउपालिकामा २ थान, प्रमुख जिल्ला अधिकारीलाई १ थान, कर्णाली प्रदेश मानब संशाधन बिकास केन्द्र प्रमुखलाई १ थान, शिक्षा बिकास तथा समन्वय ईकाइलाई १ थान र जिल्ला कारागार सल्यानमा ८ थान पुस्तक हस्तान्तरण गरिएको छ ।

बालबालिकाले पढ्ने तथा अन्य ब्यक्तिले पढ्ने कथा, उपन्यास, आलेख, निबन्ध आदि बितरण गरिएको हो । पुस्तक वितरण गरेकोमा रुम टु रिड लाई धन्यबाद दिदै कालिका आधारभूत बिद्यालय कल्लेरीका शिक्षिका कुन्ता वलीले अन्य दिबस भन्दा यो दिबसमा पुस्तक बितरण गरिनुले पढ्ने बानिको बिकासमा टेवा पुग्ने बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस