सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सम्बन्धि तालिम शुरु

सल्यान ५, फाल्गुन ।
सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्बन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली कार्यक्रम शुरु भएको छ । आज देखी सल्यानको बागचौर नगरपालिकाको बागचौरमा सो कार्यक्रम सुरु भएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख लोकमान बुढाथोकीले अबको युग डिजिटल युग भएकाले नगरमा कार्यरत कर्मचारीहरु अब नयाँ प्रविधि बारे जानकार हुनुपर्ने बताउनुभयो । ‘यो तालिममा सिकेका कुराहरु वडा सचिव लगायत पञ्जिकाधिकारीहरुले पुर्ण जिम्मेवारीका साथ फिल्डमा काम गर्नुहुनेछ भन्ने मैले बिश्वास लिएको छु’ उहाँले भन्नुभयो ।

कार्यक्रमको प्रशिक्षकमा बागचौर नगरपालिका सेवा इकाई बागचौरमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण शाखामा कार्यरत एम. आई. एस अपरेटरहरु धनेश्वर खड्का र खुमराज घर्ती रहनुभएको छ भने फिल्ड सहायक बामदेव केसीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सुचना अधिकृत तिर्थराज डाँगीले गर्नुभएको थियो । कार्यक्रममा योजना शाखाका प्रमुख अधिकृत पुर्ण ओली, नगरपालिकाका १२ वटै वडाका वडासचिव र पञ्जिकाधिकारीहरु लगाएतको सहभागिता रहेको छ । तालिम ३ दिन सम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित