सल्यान ६, फाल्गुन ।
सल्यानको एक ओढारमा बस्दै आएका एक दम्पतीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीको ओढारमा बस्दै आएका निर्मला रेउलेको दम्पतीलाई नवशक्ति युवा क्लव श्रीनगरले खाद्यान्न हस्तान्तरण गरेको हो ।
विगत ८ बर्ष देखी ओढारमा बस्दै आएका ती रेउले दम्पतीलाई चामल, चाउचाउ, नुन, तेल लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष कुमारसिंह केसीले जानकारी दिनुभयो । क्लवका पदाधिकारी सहितको टोली ओढारमा नै पुगेर खाद्यान्न हस्तान्तरण गरेको उहाँको भनाई छ ।
नवशक्ति युवा क्लव श्रीनगरले विगत केही समययता सामाजिक कार्य गर्दै आएको छ ।