सल्यानमा नेकपा (प्रचण्ड-नेपाल) को पार्टी एकता बिस्तारको लागि ७ सदस्यीय कार्यदल गठन

सल्यान ९, फाल्गुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षले सल्यानमा पार्टी बिस्तारका बाँकी काम सम्पन्न गर्नको लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारिक रुपमा विभाजन भएको नेकपा सल्यानले पार्टीको संगठनात्मक क्षेत्रमा विधिसम्मत संगठनात्मक व्यवस्थापनका लागि पार्टीका सचिव कर्ण बहादुर बुढाथोकी छहारीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलको सदस्यहरुमा उदय बहादुर बोहरा, कीर्ति बहादुर पुन, हरि केसी, ज्ञान बहादुर ओली, रमेश गौतम र राधा शर्मा रहनु भएको छ । कार्यदलले पार्टीको जिल्ला कमिटीको कार्यादेश अनुसार मापदण्ड, विधि र प्रक्रियाबाट संगठनात्मक संरचनामा वैचारिक र राजनीतिक स्पष्टता, निरन्तरता, पार्टी सदस्य र नेतृत्वको घनत्व, समावेशी, समानुपातिक, युवा उत्तराधिकारी, उचित भौगोलिक सन्तुलन, वरिष्ठता र क्रियाशीलताको संयोजन सहित प्रतिबेदन निर्माण गर्ने छ । आगामी १५ दिन भित्रमा काम सक्ने गरि जिम्मेवारी प्रदान गरिएको नेकपा सल्यानले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस