सल्यानमा भूमी सम्बन्धि समस्या समाधान आयोगको कार्यालय उद्घाटन

सल्यान ९, फाल्गुन ।
सल्यानका भुमी सम्बन्धि समस्या समाधान आयोगको जिल्ला समितिको कार्यालय उद्घाटन गरिएको छ । आइतबार जिल्ला सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको पुरानो भवनमा कार्यालय उद्घाटन गरिएको हो । जिल्लाभर रहेका भूमिहिन नागरिकहरुलाई भूमि उपलब्ध गराउने र अब्यवस्थित रुपमा रहेको बसोवासलाई ब्यवस्थित गर्ने गरी जिल्लामा कार्यालय उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सदस्य गुलावजंग शाहले बर्षौ देखी भुमीहिन र लालपुर्जा बिहिन नागरिकहरुलाई अब छिट्टै लालपुर्जा वितरण गरिने जानकारी दिनुभयो । स्थानिय स्तरमा नै उनीहरुको वास्तविक रुपमा लगन संकलन गरी त्यसको बिश्लेसन सहित प्रमाणित गरेर भूमि सहित लालपुर्जा वितरण गरिने उहाँले बताउनुभएको हो । जिल्लाभरमा हजारौँ नागरिकहरु लालपुर्जा विहिन भएकाले उनीहरुलाई लालपुर्जा प्रदान गर्नु महत्वपुर्ण कार्य भएको उहाँको भनाई छ ।

यसका लागी स्थानिय तह बढी सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो । ‘भूमीहिन दलित, सुकुम्वारीहरुलाई जग्गा सहित लालपुर्जा बाँड्ने सरकारको लक्ष्य छ, जिल्लाको कालिमाटी क्षेत्रमा अलि बढी मात्रामा नै यस्तो समस्या देखिएको छ, अब भूमीहिनको हात हातमा लालपुर्जा हुन्छ’ उहाँले भन्नुभयो । उहाँले राप्ती राजमार्ग सहित आसपासको क्षेत्रमा रहेको अब्यवस्थित वसोवासलाई पनि ब्यवस्थित गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले अव्यवस्थित बसोबास गरेका र भुमीहिनको लागि उचित ब्यवस्थापन गरिने बताउनुभयो । खास गरेर शारदा नदि किनार र राप्ती राजमार्गको आसपासको क्षेत्रमा अलि बढी नै भुहीहिन र अव्यवस्थित बसोबास गरेको बताउदै उहाँले त्यसको समाधान गर्न आयोग तयार रहने बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले भुमी सम्बन्धि समस्या समाधान गर्नको लागी जिल्ला प्रशासन कार्यालयले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । यस्तै सिद्ध कुमाख गाउपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले बर्षौ देखि भुमीहिन भएर बसेका नागरिकलाई जग्गा प्रदान गर्नको लागि सरकारले गरेको प्रयास महत्वपूर्ण भएको बताउनुभयो । यस्तै त्रिबेणी गाउपालिका उपाध्यक्ष करुणा खड्काले भुमिहिन नागरिकलाई जग्गा प्रदान गर्नको लागी गाउपालिकाले गर्नुपर्ने काम समयमा नै गर्ने बताउनुभयो ।

भुमि सम्बन्धि समस्या समाधान आयोगका सल्यान जिल्ला अध्यक्ष लोक बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य कुन्ती बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन बिज्ञ सदस्य कबिराम चन्दले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस