सल्यान १०, फाल्गुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले देशभरका ६८ जिल्लामा नेतृत्व तोकेको छ । सल्यान जिल्लासँगै यस पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसमा नेकपा सल्यान जिल्ला अध्यक्षमा धिरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । यसअघि पुर्व एमाले र माओबादीको एकतामा अध्यक्ष बनेका गोविन्द पुन केपी ओली समुहतिर लागेपछि रिक्त रहेको पदमा प्रचण्ड माधव पक्षले श्रेष्ठलाई अध्यक्षमा तोकेको हो ।
श्रेष्ठ पुर्व एमालेका नेता हुनुहुन्छ । नेकपा एकतापछि पुर्व माओबादीबाट सचिव बनेका कर्ण बहादुर बुढाथोकीलाइ भने प्रचण्ड माधव पक्षको जिल्ला सचिवमा पनि यथावत राखिएको छ । नेकपा सल्यानमा प्रचण्ड माधव पक्षको बर्चश्व रहेको छ । देशभर पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् ।