सल्यानको पर्यटन क्षेत्रको पूर्वाधार विकासमा रु. ८० लाख

चार पर्यटकिय क्षेत्र छनोट

सल्यान ११, फाल्गुन ।
सल्यानमा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ८० लाख रुपैँया खर्च गर्न लागिएको छ । जिल्लामा रहेका बिभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार बिकासमा ८० लाख रुपैँया खर्च गर्न लागिएको हो । प्राकृतिक तथा साँस्कृतिक सम्पदाले अब्बल मानिएको सल्यानमा चालु आर्थिक बर्षमा ती सम्पदाहरुको पूर्वाधार विकास गर्न लागिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको प्रमुख पर्यटकिय क्षेत्र कुपिण्डे ताल, खैरावाङ मन्दिर, चाँदनी साततले गुफा र लक्ष्मीपुर शक्तिपिठमा पूर्वाधार विकास गर्न लागिएको हो । प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उद्धेश्यले पूर्वाधार विकासको काम शुरु गरिएको कार्यालयले जनाएको छ । चालु आर्थिक बर्ष २०७७।०७८मा कर्णाली प्रदेश सरकारको विनियोजित वजेटबाट वन कार्यालय मार्फत जिल्लामा पर्यटन पूर्वाधारको काम शुरु गर्न थालिएको हो ।

जस अनुसार चालु आर्थिक बर्षमा जिल्लाका ४ वटा पर्यटकिय क्षेत्रमा ८० लाख रुपैँया बराबरको पूर्वाधार विकास गर्न थालिएको डिभिजनल वन अधिकृत रमेश कुमार गिरीले जानकारी दिनुभयो । जस अन्र्तगत कुपिण्डे ताल वरिपरि पथ निर्माणको लागी रु. २५ लाख, खैरावाङ मन्दिर जोड्ने चैवाङ देखी खैरावाङ सम्मको मोटर बाटोको लागी रु. २५ लाख, चाँदनी सातसते गुफा लेखपोखरामा पुर्वाधार विकासको लागी रु. १५ लाख र लक्ष्मीपुर पर्यटन पूर्वाधार विकासको लागी रु. १५ लाख विनियोजन भएको छ ।

वजेट विनियोजन भएका जिल्लाका पर्यटकिय क्षेत्रहरुमा पूर्वाधार विकासको लागी सम्झौताको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । गत बर्ष जिल्लाका ६ वटा पर्यटकिय क्षेत्रमा पुर्वाधार विकासको लागी २ करोड रुपैँया बराबरको वजेट विनियोजन गरिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस