रेडियो शारदा एफ.एम. १२ औँ बर्ष पुरा गरी १३ औँ बर्षमा प्रवेश

सल्यान १२, फाल्गुन ।
दिगो विकासको लक्ष्य प्राप्तीको लागि पत्रकारिता क्षेत्रले गरेको भुमिका पनि महत्वपूर्ण हुने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । ग्रामिण विकास सञ्चार केन्द्र द्वारा संचालित रेडियो शारदा एफ एम ९९.२ मेगाहर्ज सल्यानको १२ औँ बार्षिकोत्सवका अबशरमा दिगो विकासमा सामुदायिक रेडियोको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

आमनागरिकलाई सुसुचित गर्ने दायित्व सञ्चार जगतको भएकाले सरकारले लिएको दिगो विकासको लक्ष्य प्राप्त गर्नको लागी पत्रकारिता क्षेत्रले पनि मद्धत गर्ने उनीहरुले बताएका हुन् । साथै विकास निर्माणका हरेक क्षेत्रमा सञ्चार क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने उनीहरुले बताएका छन् ।

रेडियोका स्टेशन म्यानेजर प्रतीक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशव सिंह श्रेष्ठ, जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, सल्यान प्रहरी प्रमुख गोबिन्द थापा, डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश गिरी, जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साह, सामुदायिक रेडियो प्रसारक संघ अकोराव कर्णाली प्रदेश अध्यक्ष रमेशकुमार गौतम लगाएकाले बोल्नुभएको थियो ।

रेडियोका प्राविधिक प्रमुख गोपाल शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन समाचार वाचक सरिता चलाउनेले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस