सल्यान १५, फाल्गुन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।
हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :
तस्वीरमा खलंगा सुर्खेत सडकखण्ड अन्तर्गत रहेको निर्माणाधिन कुपिन्डे ताल भन्दा अलिक माथिको बाटो ।
तस्वीरमा सल्यानको कालिमाटी गाउँपालिकामा रहेका सुन्दर फाँट नजिकै बाट बगेको शारदा नदी र सुर्खेत कालिमाटी सडक खण्ड ।
तस्वीरमा सल्यानको कालिमाटी गाउँपालिकामा रहेको खरले छाएको सुन्दर सल्यानी मौलिक घर ।
तस्वीरमा बनगाड कुपिन्डे नगरपालिका वडा.८ सल्यानमा पर्ने सुन्दर ठाउँ सेरा ।
तस्वीरमा सल्यानको शारदा नगरपालिका बरला नजिकै पर्ने भट्टाचौर आसपासको मनोरम दृश्य ।
तस्बिरमा सल्यानको सिद्धकुमाख गाउँपालिकाको केन्द्रबिन्दु ढोरचौर बजार ।
तस्वीरमा बनगाड कुपिन्डे नगरपालिका सल्यानमा पर्ने पर्यटकिय स्थल कुपिन्डे दह आसपासको एउटा मनमोहक दृश्य ।