सल्यान टुडेको साप्ताहिक स्तम्भ : तस्वीरमा सल्यान श्रृंखला एक बर्ष पुरा !

“सल्यान चिनाउने हाम्रो अभियान”

 

पानस मिडिया हाउस प्रालिद्वारा संचालित सल्यान टुडे डट कमको सल्यान चिनाउने हाम्रो अभियान अन्तर्गत तस्वीरमा सल्यान : हेर्नुहोस् साताका सात उत्कृष्ट तस्वीर प्रकाशीत सुरु भएको आज ठिक एक बर्ष पूरा भएको छ ।

२०७६ साल फागुन १७ गते शनिबारका दिन देखि सुरु भएको शनिबार विशेष श्रृंखलामा तस्वीरमा सल्यान : हेर्नुहोस् साताका सात उत्कृष्ट तस्वीर अन्तर्गत यो एक बर्षको अबधिमा ५३ वटा हप्ता पार गरि अहिलेसम्म कुल ३७१ वटा तस्वीर सल्यान टुडे मार्फत प्रकाशित भएको जानकारी गराउदछौं ।

उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्रा हो सल्यान । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान उच्च भइरहदा, कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका थुप्रै सम्भावना भइरहदा पनि जिल्लाका विभिन्न पर्यटकिय स्थलहरु ओझेलमा परेको हामीले महशुस गरे पश्चात सल्यानलाई सबैसामु चिनाउन हामीले सल्यानका विभिन्न ठाउँका तस्वीरहरु कैद गरि सल्यान टुडेमा स्थान दिने एउटा भिन्नै संकल्प लियौं ।

यो एक बर्षको अबधिमा पाठक बर्गहरुले देखाउनुभएको साथ, सहयोग, हौसला र मायाले गर्दा पनि हामी केही हदसम्म सफल भएको महशुस गरिरहेका छौं । सम्पुर्ण पाठकबर्गहरु र भिवरहरुले सल्यान प्रति देखाउनुभएको माया र सल्यान टुडे प्रति देखाउनुभएको बिश्वासका लागि सल्यान टुडे परिवार आभार एवं धेरै धेरै धन्यवाद ब्यक्त गर्दछ ।

यस कार्यमा अरोरात्र खटिने फोटोग्राफर बामदेव केसी, रिजन भण्डारी, भिम भण्डारी लगाएत सम्पुर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गर्दछौँ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस