उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनका लागी उम्मेदवारी दर्ता भोली

सल्यान १८, फाल्गुन ।
उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनका लागी उम्मेदवारी दर्ता भोली बुधवार हुदैँ छ । फाल्गुन १५ गते प्रकाशित निर्वाचन कार्यतालिका अनुसार उद्योग वाणिज्य संघको ८ औँ निर्वाचनको लागी भोली विहान १० वजे देखी दिउसोँ ३ वजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।

निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको छ । यस्तै फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको छ ।

संघको निर्वाचनको मिती नजिकिदैँ गर्दा जिल्लामा निर्वाचनको माहोल ताकिदैँ गएको छ । अहिले बामपन्थी र लोकतान्त्रिक पक्षधरहरुले आन्तरिक छलफललाई तिव्रता दिएका छन् । उद्योग वाणिज्य संघ सल्यानको नेतृत्वका लागी केही निवर्तमान पदाधिकारीले दावेदारी प्रस्तुत गरेका छन् भने केही नयाँ अनुहारले पनि दावेदारी प्रस्तुत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस