उद्योग बाणिज्य संघ सल्यानको अध्यक्षमा थापा र बुढाथोकीको उम्मेदवारी

सल्यान १९, फाल्गुन ।
उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा अध्यक्षका लागी २ जनाको उम्मेदवारी दर्ता भएको छ । यही फाल्गुन २९ गते हुने निर्वाचनका लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षबाट राजेन्द्र कुमार थापाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

यस्तै नेपाली काँग्रेस, नेकपाको केपि समुह र राप्रपाको तर्फबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस