निर्वाचनमा जुटेको प्रगतिशिल प्यानलद्धारा सल्यानको श्रीनगरमा अन्तरक्रिया सम्पन्न

सल्यान २०, फाल्गुन ।
उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको प्रगतिशित प्यानलले सल्यानको श्रीनगरमा अन्तरक्रिया गरेको छ । यहि फागुन २९ गते हुन लागेको निर्वाचनको लागी उम्मेदवारी दर्ता गरेपछि प्रगतिशिल प्यानलले श्रीनगरमा परिचयात्मक तथा अन्तरक्रिया गरेको हो ।

खास गरेर निर्वाचनमा उम्मेदवारी दर्ता गरेपश्चात प्रगतिशित प्यानलको चुनावी तयारी, प्रचारप्रसार तथा सिंगो प्यानललाई कसरी विजयी वनाउन सकिन्छ भन्ने वारेमा छलफल गरिएको थियो । सो अबशरमा नेकपा प्रचण्ड नेपाल पक्षका नेताहरुले सबै क्षेत्र संग सहकार्य गर्दै सिंगो प्यानललाई विजयीको लागी शुभकामना दिएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल प्यानलबाट राजेन्द्र कुमार थापाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरीले उम्मेदवारी दिनुभएको छ । यस्तै महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी र कोषाध्यक्षमा अशोक कुमार बोहोराले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यस्तै तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै सात जना खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसी रहनुभएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहीवार उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको छ । यस्तै भोली फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको निर्वाचन समितीले जनाएको छ ।

प्रगतिशिल प्यानलका उम्मेदवारहरु :

 

 

प्रतिक्रिया दिनुहोस