प्रगतिशिल ब्यावसायिक प्यानल घरदैलो अभियानमा : निवर्तमान अध्यक्ष चलाउनेको साथ

सल्यान २०, फाल्गुन ।
आगामी फाल्गुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल ब्यावसायिक प्यानलले भोली शुक्रवार देखी मत माग्दै मतदाता कहाँ जानेभएको छ । आज सल्यानको श्रीनगरमा भएको छलफलले प्रगतिशिल ब्यावसायिक प्यानललाई विजयी वनाउनको लागी उम्मेदवार सहितको टोलीले शुक्रवार देखी मत माग्दै घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्लाका दश वटै स्थानिय तहमा रहेका सम्पुर्ण वजारहरुमा पुगेर मतदाताहरु सँग मत माग्दै घरदैलो अभियान सञ्चालन गरिने नेकपा प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल ब्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार थापाले जानकारी दिनुभयो । उहाँले आफ्नो प्यानलको घोषणापत्र सहित सबै मतदाताहरु कहाँ पुगेर मत माग्ने र चुनावी प्रचारप्रसारलाई तिव्रता वनाउने निर्णय भएको जानकारी दिनुभयो ।

प्रगतिशिल ब्यावसायिक प्यानललाई निवर्तमान अध्यक्षको साथ
नेकपा प्रचण्ड नेपाल पक्षको समर्थन पाएको प्रगतिशिल ब्यावसायिक प्यानलका उम्मेदवारहरुलाई उद्योग बाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष बिर बहादुर चलाउनेको साथ मिलेको छ । संघको नेतृत्व गरिसक्नुभएका चलाउनेले प्रगतिशिल ब्यावसायिक प्यानलका उम्मेदवारहरुलाई विजयी वनाउनको लागी चुनावी तयारी तथा प्रचारप्रसारमा होमिनुभएको छ । संघको चुनाव प्रगतिशिल ब्यावसायिक प्यानलले जित्ने र अहिले सोही अनुसार चुनावी गतिविधिहरुलाई अगाडी बढाइएको चलाउनेले जानकारी दिनुभयो ।

प्रगितिशिल ब्यावससायिक प्यानलका उम्मेदवारहरु
प्रगतिशिल ब्यावसायिक प्यानलबाट अध्यक्षमा थापा सहित वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी र कोषाध्यक्षमा अशोक कुमार बोहोराले उम्मेदवारी दिनुभएको छ ।

यस्तै तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजा, सात जना खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसीले उम्मेदवारी दिनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस