प्रगतिशिल ब्यावसायिक प्यानलद्धारा १६ बुदेँ प्रतिवद्धता सार्वजनिक

कोशेली घर र चिस्यान केन्द्र निर्माणमा पहल गरिने

सल्यान २१, फाल्गुन ।
उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा होमिएको प्रगतिशिल ब्यावसायिक प्यानलले १६ बुदेँ प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नेकपाको प्रचण्ड नेपाल पक्षको समर्थनमा चुनावमा होमिएको राजेन्द्र कुमार थापाको नेतृत्वको प्यानलले १६ बुदेँ प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । उद्योग वाणिज्य वचत तथा ऋण सहकारी संस्था स्थापना गरेर दश वटै स्थानिय तहमा शाखा कार्यालय स्थापना गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै जिल्लाको स्थानिय उत्पादनलाई वजारीकरण गर्नको लागी कोशेली घर निर्माणको लागी पहल गरिने, कर सहायता कक्षको ब्यवस्थापन गरी ब्यावसायिहरुलाई कर सम्बन्धि जानकारी दिने, कर शिक्षा तालिम प्रदान गर्ने र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

यस्तै जिल्लामा सभाहल निर्माणको लागी पहल गर्ने, कृषि, पशु तथा स्थानिय उत्पादनलाई ब्यवसायिकरण गर्दै वजारीकरणमा सहयोग गर्ने, जिल्लामा कोल्ड स्टोर निर्माणको लागी पहल गर्ने, स्थानिय उद्योग, ब्यवसायलाई प्रर्बद्धन गर्न सहयोग गर्ने, दर्ता विना नै सञ्चालन भएका ब्यवसायलाई दर्ता प्रक्रियामा लैजाने, सुन्दर र ब्यवस्थित वजार निर्माण गरिने, जिल्लाभर कर निर्धारणमा एकरुपता ल्याइने तथा ब्यावसायिक समस्याहरुलाई समाधान गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्र

 

 

प्रतिक्रिया दिनुहोस