सल्यान २१, फाल्गुन ।
आगामी फाल्गुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल ब्यावसायिक प्यानलले सल्यानमा चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ । प्रगतिशिल ब्यावसायिक प्यानललाई विजयी वनाउनको लागी उम्मेदवार सहितको टोलीले आज देखी मत माग्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।
जसअनुसार आज सल्यानको सिनवाङ, रिम, खाली, कपुरकोट लगाएतका वजारहरुमा घरदैलो अभियान सम्पन्न गरेको छ । चुनाव प्रचारप्रसार मुल समितीका संयोजक विर बहादुर चलाउनेको नेतृत्वमा उम्मेदवारहरुको टोलीले घरदैलो अभियान सम्पन्न गरेको हो । घरदैलो अभियानका क्रममा उद्योगी ब्यावसायि तथा मतदाताहरु उत्साहित भएको प्रगतिशिल प्यानससँगै अगाडी बढ्ने प्रतिबद्धता उनीहरुको ब्यक्त गरेको चलाउनेले जानकारी दिनुभयो ।
नेकपा प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल ब्यावसायिक प्यानलबाट अध्यक्ष राजेन्द्र कुमार थापा, वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी र कोषाध्यक्षमा अशोक कुमार बोहोराले उम्मेदवारी दिनुभएको छ ।
यस्तै तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजा, सात जना खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसीले उम्मेदवारी दिनुभएको छ ।