युनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सल्यानमा मृत्यु दावी हस्तान्तरण

सल्यान २२, फाल्गुन ।
युनियन लाईफ इन्स्योरेन्स कम्पनीद्धारा सल्यानमा मृत्यु दावी भुक्तानी गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ ढुङ्गेबगरका २८ बर्षिय शंकर वलीको मृत्यु भएपछि उहाँको श्रीमतिलाई मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरिएको हो । युनियन लाईफ इन्स्योरेन्स कम्पनी श्रीनगर शाखाबाट सावधिक जीवन बिमा योजना खरिद गरेका वलीको गत मंशिर ३ गते एक्कासी मृत्यु भएको थियो । उहाँको श्रीमति मेक कुमारी वलीलाई बिमाङ्क रकम रु ३ लाख र बोनस बापतको रु १५ हजार गरी तीन लाख १५ हजार रुपैयाको चेक युनियन लाईफ इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश उपप्रमुख गोविन्द रेग्मी र त्रिवेणी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हुकुम प्रसाद महतराले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

उहाँको बीमा बनाएको १ महिना २२ दिनमा मृत्यु भएको थियो । कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख रमेश कुमार वली, एजेन्सी म्यानेजर निरुता डाँगी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस