सल्यान २३, फाल्गुन ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश नहकुल सुवेधीले राज्यले न्यायको प्रत्याभुति दिलाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । राज्यलाई कसरी सञ्चालन गर्ने र कस्तो बनाउने भन्ने दायित्व समाजको हुने बताउदैँ उहाँले आमनागरिकले प्रत्याभुति गर्ने गरी न्याय निरुपणको काम गर्नुपर्ने बताउनुभएको छ ।
शनिवार जिल्ला अदालत सल्यानको परिसरमा निर्माण गरिएको हनुमान स्तम्भ तथा मेलमिलाप प्रतिक्षालयको उद्घाटन गर्दै उहाँले जिम्मेवार सबै निकायले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले सबैसँगको सहकार्यमा अगाडी बढ्ने र सत्यतथ्यमा रहेर न्याय निरुपणको कार्य गरेमा न्याय कहिल्यै नमर्ने बताउनुभयो ।
उहाँले हरेक कसुरको फैसला गर्नुपर्व गरिने छलफल तथा मेलमिलापले सबैक्षेत्रलाई लाभ प्राप्ती हुने बताउनुभयो । जिल्ला न्यायाधिस कुल प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी होमागाई खतिवडा लगाएतकाले बोल्नुभएको थियो ।
शारदा नगरपालिकाको आर्थिक सहयोग र सबुज गणको सक्रियतामा जिल्ला अदालत परिसरमा रहेको हनुमान ढोका नजिकै हनुमान स्तम्भ र मेलमिलाप प्रतिक्षालय निर्माण गरिएको हो । यी संरचनाले मेलमिलापको सन्देश प्रवाह गर्ने बताइएको छ । अधिवक्ता सिपि वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अधिवक्ता थलराज भण्डारीले गर्नुभएको थियो ।