सल्यान २३, फाल्गुन ।
सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी होमागाई खतिवडाले जिल्लाका पत्रकारहरु सँग परिचयात्मक तथा छलफल गर्नुभएको छ । भर्खरै प्रमुख जिल्ला अधिकारीको रुपमा सल्यान आउनुभएका उहाँले पहिलो पटक पत्रकारहरु संग छलफल गर्नुभएको हो । आइतवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा जिल्लाको समसामयिक बिषयमा छलफल भएको थियो ।
सो अबशरमा प्रमुख जिल्ला अधिकारी खतिवडाले सत्यतथ्यमा आधारित भएर कलम चलाउन पत्रकारहरुलाई सुझाव दिनुभएको छ । उहाँले आमनागरिकले महशुस गर्ने गरी जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउने पनि बताउनभयो । उहाँले जिल्लाको समग्र बिकासको लागी सबै क्षेत्र सँग समन्वय र छलफल गरेर अगाडी बढ्ने बताउनुभयो ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, सल्लाहकार सनत कुमार शर्मा लगाएत बिभिन्न सञ्चारमाध्ययममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।