१११ औँ अन्तर्राष्ट्रिय महिला दिवस सल्यानमा पनि मनाइयो

सल्यान २४, फाल्गुन ।
१११ औँ अन्तर्राष्ट्रिय महिला दिवस सल्यानमा मनाइएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नारा सहित जिल्लाभर दिवस मनाइएको हो । दिवशको अवशरमा जिल्लाका दश वटै स्थानिय तहहरुमा छुट्टाछुट्टै रुपमा कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

यसैक्रममा सल्यानको खलंगामा ¥याली निकालिएको छ । खलंगा टुडिखेलबाट शुरु भएको ¥याली पुरानो बसपार्क परिक्रमा सहित जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि हुमागाई खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको संविधानमा नै महिलाहरुका हकअधिकारहरु उल्लेख गरिएको बताउदैँ ती सबै कुराहरुलाई अक्षरांश पालना गर्नको लागी सबै क्षेत्र तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना तथा हरप्लेस सल्यान, इन्सेक सल्यान, दलित विकास समाज सल्यान, ग्रामीण महिला उत्थान केन्द्र सल्यान, समृद्धिका लागी सहकार्य नेपालको सहआयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

नगरपालिकाका कार्यरत सिता गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन महिला अधिकार रक्षक संजाल सल्यानका अध्यक्ष सोबिता बस्नेतले गर्नुभएको थियो ।
यसैक्रममा जिल्लाको कपुरकोट गाउपालिका वडा नम्बर ३ मा पनि विविध कार्यक्रम गरिएको छ । कार्यपालिका सदस्य ललिता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वडा नम्बर ३ का वडाअध्यक्ष मीन बहादुर सेन रहनुभएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु प्रदिप खडका, टिका राम बुढाथोकी, साना किसान कृषि सहकारी संस्थाका सहायक प्रबन्धक जित प्रसाद आचार्य, कालिका माद्यामिक बिद्यालय कपुरकोटका प्रधानाध्यापक चुडामणी केसी लगाएतकाले बोल्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस