महिलामाथि हुने अपराधजन्य घटनाहरुलाई परास्त गर्न सबै मिल्नुपर्छ : मन्त्री ज्वाला

सल्यान २४, फाल्गुन ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले महिलामाथि हुने अपराधजन्य घटनाहरुलाई परास्त गर्न सबै मिल्नुपर्ने बताउनुभएको छ । सल्यानको साहुटोलमा जागृत वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको १११ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले सवै महिलाहरुले आफ्नो हक र अधिकारका लागि महिला माथि हुने अनेक अपराधजन्य घटनाहरुलाई परास्त गर्न आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।

जागृत साकोसको महिला शसक्तिकरण उपसमितिको आयोजनामा महिलाको सम्मान हाम्रो ध्यानः महिलालाई प्राविधिक सिप भन्ने मुलमन्त्रका साथ १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवशका अबशरमा व्यानर सहितको ¥यालीले साहुटोल वजार परिक्रमा गरेको थियो । कार्यक्रममा संस्थाका ६५ वर्ष माथिका जेष्ठ नागरिक १६ जना महिला शेयर सदस्यहरुलाई सम्मान गरियो । संस्थाका महिला शेयर सदस्यहरुका विच संचालन कार्यक्रममा घैंटो फोड, तातो आलु, प्रतियोगिता गरि प्रतियोगितामा विजयी सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

उपसमितिका संयोजक सर्मिला डाँगी वलीको अध्यक्षता भएको कार्यक्रममा कार्यक्रममा अध्यक्ष किशोर कुमार हमाल, उपाध्यक्ष ज्ञान प्रकाश शर्माले लगाएतकाले बोल्नुभएको थियो । उपसमिति सदस्य सनिता शर्माले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस