सल्यानको बागचौरमा पनि मनाइयो १११ औं अन्तर्राष्ट्रिय महिला दिवस


बामदेब केसी,
सल्यान २४, फाल्गुन ।
“महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवस सल्यानको बागचाैर नगरपालिका वडा.न २ बागचाैरमा सम्पन्न भएको छ ।
बागचाैर नगरपालिका सल्यानका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा वडा.न २ का वडासदस्य मुना के.सी ले कार्यक्रमको अध्यक्षयता ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नगर प्रमुख बुढाथोकीले महिलाको हक र हितका लागि आफू जहिल्यै पनि महिलाहरुको साथमा भएको बताउनु भएको छ । “महिलाहरुलाई कतै अफ्ट्यारो पर्यो भने हाम्रो स्थानिय सरकार यहाँहरुको साथमा छ” उहाँले भन्नुभयो । महिलाहरुले आफ्नो हकहितका लागि, आफ्नो अधिकार प्राप्तिका निम्ति बोल्नुपर्छ तर महिलाहरुले अधिकारका कुरा सोच्दै गर्दा आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

बागचाैर नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आर्थिक सहयोग, बागचाैर नगरपालिका वडा.न २ को आयोजना र सुआहारा परियोजनाको सहकार्यमा भएको कार्यक्रममा नगर भित्रका ५ वटा आमा समुहको सहभागीता रहेको थियो ।

कार्यक्रममा लोक गीत प्रतियोगिता र दोहोरी प्रतियोगिता राखिएको थियो । जसमा लोक दोहोरी तर्फ प्रथम प्रतिक्षा शर्माको टिम, द्वितीय भक्ति के.सी को टिम, तृतीय यमकुमारी शर्माको टिम रहनुभएको थियो भने लोक गीत प्रतियोगीता तर्फ प्रथम ललिता के.सी, द्वितीय यज्ञी डाँगी र तृतीय सीता डाँगी रहनुभएको थियो ।कार्यक्रममा बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बागचाैर नगरपालिका वडा.न २ सल्यानका कार्यवहाक वडा अध्यक्ष टाेप बहादुर डि.सी , वडा.न २ वडा सचिव सरिता डि.सी, वडा.न २ वडा दलित महिला सदस्य धनसरी सार्की , बागचाैर नगरपालिका कार्यरत महिला तथा बालबालिका शाखा प्रमुख रोमशा पुन , महिला नेत्री सुम्निमा डि.सी , सुआहराका कर्मचारी कमल वली लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन तारादेव शर्माले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस