सल्यान अस्पतालमा आज देखी महिलाको आङ खस्ने समस्याको निशुल्क अप्रेसन हुने

सल्यान २६, फाल्गुन ।
सल्यानमा आङ खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेसन हुने भएको छ । फाल्गुन २६ गते बुधबार देखि चैत ६ गतेसम्म निशुल्क अप्रेसन शिविर संचालन हुने भएको हो । जसमा जिल्लाका दश वटै स्थानिय तहका महिलाहरुले सेवा पाउने छन् ।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आर्थिक सहयोग तथा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोग र स्वास्थ्य सेवा कार्यालय सल्यानको स्थानीय व्यवस्थापनमा सल्यान जिल्ला अस्पतालमा शिविर संचालन हुने भएको हो । शिविरमा महिलाको आङ खस्ने समस्याको निशुल्क रुपमा अप्रेसन गरिने सल्यान जिल्ला अस्पतालले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस