सल्यान २६, फाल्गुन ।
सत्ताको वागडोर समालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुरानै लयमा फकिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिएको भएपनि उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा कुनै असर नपर्ने व्यवसायिहरुले बताएका छन् । अब एमाले र माओवादी फरक फरक धारमा लाग्छन् र प्रगतिशिल व्यवसायि प्यानलका विचमा खटनपटन पैदा हन्छ भनेर केहीले आशंका गरेपनि त्यसो नहुने व्यवसायिहरुले बताएका छन् ।
प्रगतिशिल प्यानलबाट अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार थापाले एमाले र माओवादी केन्द्र अलग हुदैँमा उद्योग वाणिज्य संघको निर्वाचनलाई कुनै असर नगर्ने बताउनुभएको छ । यो पार्टीको निर्वाचन नभएर व्यवसायिहरुको निर्वाचन भएकाले यसमा पार्टीको कुनै पनि प्रभाव नपर्ने बताउनुभयो ।
यस्तै प्रगतिशिल प्यानलबाटै महासचिवका उम्मेदवार मोहन सारुले राजनितिक गन्ध उद्योग बाणिज्य संघको निर्वाचनमा नआउने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएकै अवस्थामा व्यवसायिहरुको छलफलबाट सर्वसम्मत रुपमा उम्मेदवारी दिएको बताउदैँ उहाँले अहिलेको राजनितिक परिस्थितीले उद्योग बाणिज्य संघको निर्वाचनलाई कुनै असर नगर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघको निर्वाचनको दिन नजिकिदैँ गर्दा जिल्लाभरमा नै प्रगतिशिल व्यवसायिक प्यानलको पक्षमा व्यवसायिहरुको लहर नै रहेको उद्योग वाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष विर बहादुर चलाउनेले बताउनुभएको छ । व्यवसायिहरु पनि उत्साहित भएको र प्रगतिशिल प्यानलले नै जित्ने उहाँको भनाई छ ।
एक व्यवसायिले उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा प्रगतिशिल प्यानलको विकल्पमा अरु कोही नभएको जानकारी दिएका छन् । निर्वाचनमा हार्ने परिस्थिती भएपछि अहिले एमाले र माओवादी फरक भएको र उद्योग बाणिज्य संघको निर्वाचनमा पनि समस्या हुन्छ भनेर भ्रम छर्न थालिएको बताउदैँ ती व्यवसायिले मतदाताको उत्साह प्रगतिशिल प्यानलमा देखेर केही तत्वहरुले कुप्रचार गर्न थालेको बताएका छन् ।
उनले फागुन २९ गते हुने निर्वाचनमा प्रगतिशिल प्यानलले अत्याधिक मतका साथ विजयी हुने बताएका छन् ।