सल्यानमा एमाले र माओवादी केन्द्रले राखे छुट्टाछुट्टै ठाँउमा पार्टी कार्यालयका बोर्ड

सल्यान २६, फाल्गुन ।
सल्यानमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले छुट्टाछुट्टै स्थानमा पार्टीको बोर्ड राखेका छन् । नेकपा एमालेका कार्यकर्ताले सल्यान सदरमुकाम खलंगा स्थित मदन आश्रित स्मृति प्रतिष्ठानको भवनमा र माओवादी केन्द्रले सदरमुकाममै जिल्ला पार्टी कार्यालय लेखेको बोर्ड रोखेका हुन् । यसअघि तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय मदन आश्रित स्मृति प्रतिष्ठानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय राखिएको थियो ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएसँगै जिल्लाका १० वटै स्थानीय तहमा नेकपाको कार्यालय स्थापना गरिएको थियो । पार्टीको वोर्ड राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द पुनले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी अब पार्टीलाई एक बनाउन लागिपर्ने बताउनु भएको छ । हिजोका दिनमा पार्टीको जुनसुकै कित्तामा उभिए पनि अव एमालेको निति बिचारमा लागेर अगाडी बढ्नुपर्ने बताउनुभएको हो ।

यस्तै नेकपा माओबादी केन्द्रका अध्यक्ष कर्ण बहादुर बुढाथोकीले दुई पार्टी एक भएको तीन वर्षपछि सर्वोच्च अदालतको फैसलालाई आत्मसाथ गर्दै पार्टी कार्यालय खोल्नु परेको बताउनुभयो । छुट्टाछुट्टै पार्टी कार्यालय खोल्नु आफूँहरुको रहर भन्दा पनि सर्वोच्च अदालतको फैसलाले बाध्यकारी बनाएको उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस