सल्यान २६, फाल्गुन ।
उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा व्यवसायि माथि पार्टीले हस्तक्षेप गरेको छ । यही फाल्गुन २९ गते हुने संघको निर्वाचनको लागी नेकपा एमाले सल्यानले व्यवसायिहरु माथि हस्तक्षेप गरेको हो ।
संघको निर्वाचनको लागी प्रगतिशिल व्यवसायि प्यानलबाट राजेन्द्र कुमार थापाको नेतृत्वमा उम्मेदवारी दर्ता भएर निर्वाचनमा प्यानल होमिएको छ । निर्वाचनको लागि मतदानको समय आउन ३ दिन बाँकी रहेको अवस्थामा नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले आज एक बिज्ञप्ती जारी गर्दै व्यवसायिहरुको निर्वाचनमा हस्तक्षेप गर्नुभएको हो ।
यसैविच व्यवसायिहरुले उद्योग बाणिज्य संघको निर्वाचनमाथि हस्तक्षेप गर्दै नेकपा एमालेले बिज्ञप्ती निकालेको प्रति आपत्ति जनाएका छन् । यो नितान्त रुपमा व्यवसायिहरुको निर्वाचन भएकाले राजनितिक हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् ।
हेर्नुहोस् जारी बिज्ञप्ती :