शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्नुपर्दछ : सरोकारवाला

सल्यान २७, फाल्गुन ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्र नागरिकको नैसर्गिक अधिकार भित्र पर्ने भएकाले सर्वसुलभ र गुणस्तरीय हुनुपर्ने बताएका हुन् । यसका लागी आबश्यक पर्ने भौतिक पुर्वाधार सँगै सेवा प्रवाहमा पनि जोड दिनुपर्ने बताएका छन् ।

इन्सेक सल्यानद्धारा बुधवार खलंगामा आयोजित शिक्षा र स्वास्थ्य अधिकारका सवालमा सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिताहरुले गुणस्तरीयता कायम गर्दै सबै नागरिकको पहुँच बृद्धिको काम हुनुपर्ने बताएका हुन् । सल्यान जिल्ला अस्पताल विकास समितीका अध्यक्ष सिपि वलीले पछिल्लो समयमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुभएको छ ।

सेवामा सुधार आउनु तथा आबश्यक संरचना निर्माण र स्तरीय सेवा प्रवाह गरेकाले दैनिक ३ सयको हाराहारीमा बिरामीहरु उपचारको लागी आउने गरेको बताउनुभएको छ । उहाँले अस्पतालमा संरचना निर्माणसँगै सरसफाइका कार्यहरुलाई पनि थप प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो । यस्तै सल्यान जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले आबश्यक जनशक्तिको अभावमा पनि सेवा प्रवाहमा कुनै कमी नगरेको बताउनुभएको छ ।

यस्तै शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले नगरका सबै क्षेत्रमा नागरिकहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याएको बताउनुभएको छ । हालै मात्र नगरका दश वटा माद्यामिक बिद्यालयहरुमा स्कुल नर्स कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । यस्तै नगरमा बहुक्षेत्रिय पोषण योजना, पुर्ण खोप सुनिश्चित नगर लगाएका कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

यस्तै शारदा नगरपालिका शिक्षा शाखाका संगिता बुढाले शिक्षामा थप गुणस्तरीयता कायम गर्न एक बिद्यालय एक ल्याप्टपको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । शिक्षा क्षेत्रको सर्वाङगिन विकासको लागी नगर शिक्षा निति समेत निर्माण गरिएको र बिद्यार्थी, अभिभावक र शिक्षकका विचमा त्रिपक्षिय सहकार्यका माध्यमबाट बिद्यालयहरु सञ्चालन भैरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिताहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बिबिध समस्याहरुका वारेमा चासो ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर नगरले काम गरिरहेको बताउनुभएको छ । नगरभित्रको शिक्षामा गुणस्तरीयता कायम गर्न मेयरसँग बिद्यार्थी कार्यक्रम सञ्चालन भैरहेको उहाँको भनाई छ । यस्तै आउदोँ बर्ष नगरले एम्वुलेन्स र शववाहन खरिद गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागी भैरहेका कामहरुको प्रसंशा गर्दै आगामी दिनहरुमा थप स्तरीय बनाउदैँ लैजानुपर्नेमा जोड दिनुभयो । इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस