महाशिवरात्रीको अवशरमा छत्रेश्वरी शक्तिपिठमा भक्तजनको भिड (फोटो फिचर)

सल्यान २७, फाल्गुन ।
महाशिबरात्रीको अबशरमा सल्यानको छत्रेश्वरी शक्तिपिठ छायाक्षेत्रमा हजारौँ भक्तजनहरुको भिड लागेको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका ६ मा पर्ने छत्रेश्वरी शक्तिपिठमा दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो ।

छत्रेश्वरी शक्तिपीठ छायाक्षेत्र मन्दिरमा सत्ययुगमा महादेवले सतिदेवीको मृत शरीर बोकी ब्रम्हान्डको भ्रमण गराउने क्रममा सतिदेवीका बाँकी रहेका सम्पूर्ण अंग पतन भएको श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ । साथै यस स्थानमा पिचाशेस्वर महादेव र छत्रेश्वरी भगवती प्रकट भएको किम्वदन्तीमा उल्लेख छ । पशुबली नचड्ने मन्दिरको रूपमा प्रचलित यस छत्रेश्वरी शक्तिपीठ छायाक्षेत्रमा महाशिवरात्रीको अवसरमा बिशेष मेला लागेको हो ।

महाशिवरात्री कै अबशरमा जिल्लाको लक्ष्मीपरमा पनि भक्तजनहरुको भिड लागेको छ भने शिब गुफा मोखलामा पनि भक्तजनहरुको भिड लागेको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस