उद्योग बाणिज्य संघ सल्यानको निर्वाचन आज : बिहान ८ वजे देखी मतदान शुरु हुदैँ

 सल्यान २९, फाल्गुन ।
उद्योग बाणिज्य संघ सल्यानको निर्वाचन आज हुदैँ छ । जसअनुसार आज बिहान ८ वजे देखी मतदान शुरु हुने छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगर स्थित उद्योग बाणिज्य संघको भुइ तलामा मतदान हुने छ ।

निर्वाचनका लागी आबश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको प्रमुख निर्वाचन अधिकृत वीर बहादुर सेजवालले जानकारी दिनुभयो । निर्वाचनमा राजेन्द्र कुमार थापाको नेतृत्वमा प्रगतिशिल व्यवसायिक प्यानल र कुमार बुढाथोकीको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल निर्वाचनमा होमिएका छन् ।

उद्योग बाणिज्य संघको २१ सदस्यीय कार्यसमितीका लागी दुवै प्यानबाट गरेर ४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनलाई सभ्य र ब्यवस्थित रुपमा सम्पन्न गर्नको दुवै प्यानलका अध्यक्षका उम्मेदवार, सुरक्षा निकाय लगाएत सरोकारवालाहरु सँग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।

सेजवालले मतदानको लागी आबश्यक पर्ने विधि एवम् आचारसंहिता तयार पारिएको जानकारी दिनुभयो । ‘निर्वाचनको लागी आबश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको छ, आज बिहान ८ वजे देखी मतदान शुरु हुन्छ’ उहाँले भन्नुभयो ‘ढुक्क भएर मतदान गर्नुहुन सबै व्यवसायिहरुमा हामी अनुरोध गर्दछौँ ।’

संघको निर्वाचनको लागी जिल्लाभर २ हजार ३ सय ३८ जना मतदाता रहेका छन् । प्रमुख निर्वाचन अधिकृत सेजवालले मतदान सकिए लगत्तै आजै मतगणना आचारसंहित तयार पारेर मतगणना शुरु गरिने जानकारी दिनुभयो । यसका लागी मतगणना कक्ष छनोट भैसकेको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस