सल्यान २९, फाल्गुन ।
उद्योग बाणिज्य संघ सल्यानको निर्वाचन अन्तरगत नयाँ कार्यसमितिका लागि मतदान शुरु भएको छ । बिहान ८ बजे देखि मतदान शुरु भएको हो । जसमा पहिलो मत निवर्तमान अध्यक्ष बिर बहादुर चलाउनेले खसाल्नु भएको निर्वाचन समितिले जनाएको छ । उद्योग बाणिज्य संघ सल्यानमा २३३८ जना मतदाता व्यवसायी रहेका छन ।