उद्योग बाणिज्य संघ सल्यानको निर्वाचन : १८०० मत खस्यो (अपडेट)

सल्यान २९, सल्यान ।

सल्यान उद्योग बाणिज्य संघको मतदान जारी छ । विहान ८ बजे देखि शुरु भएको मतदान अनुसार दिउँसो ४ बजेसम्म १८०० मत खसेको छ ।
निर्वाचन समितिले आधा घण्टा समय थप गरेको छ । उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशिल व्यवसायिक प्यानलबाट प्रतिष्ठित व्यापारी राजेन्द्र कुमार थापा र संयुक्त व्यवसायिक प्यानलबाट कुमार वुढाथोकीवीच कडा प्रतिस्पर्धा हुदै छ ।
जिल्लाभर २३३८ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित