नि:स्वार्थ भावनाले व्यवसायिहरुको हितमा काम गर्ने छु : महासचिव सारु

सल्यान २, चैत ।
उद्योग बाणिज्य संघ सल्यानका नवनिर्वाचित महासचिव मोहन सारुले व्यवसायिहरुको हितमा काम गर्ने बताउनुभएको छ । संघको शनिवार सम्पन्न निर्वाचनबाट महासचिवमा निर्वाचित हुनुभएका उहाँले आज सल्यान टुडे संग कुराकानी गर्दै व्यवसायिक क्षेत्रको हित, विकास र विस्तारका लागी काम गर्ने बताउनुभएको हो ।

उहाँले निस्वार्थ भावनाले व्यवसायिहरुको हितमा काम गर्ने बताउनुभएको हो । व्यवसायिहरु बिचको एकतालाई कायम गर्दै उनीहरुको हकहितमा काम गर्ने उहाँको भनाई छ । ब्यवसायिहरुका विचमा थुप्रै समस्या रहेकाले ती समस्या समाधानको लागि आफुले पहल गर्ने उहाँले बताउनुभयो ।

निर्वाचनको बेला सार्वजनिक गरेका १६ बुदेँ प्रतिवद्धतालाई कार्यान्वयनमा लैजानको लागी यहाँको भुमिका कस्तो रहन्छ ? भन्ने सल्यान टुडेको प्रश्नमा उहाँले भन्नुभयो ‘हाम्रो उद्धेश्य भनेको व्यवसायिहरुको हितमा काम गर्ने हो, यदी हाम्रो प्रगतिशिल व्यवसायिक प्यानलले नै निर्वाचन जितेको भए सायद सबै प्रतिबद्धतालाई कार्यान्वयन गर्न सहज हुनेथियो, तर म एक्लै निर्वाचित भए, तरपनि ती सबै कुराहरुलाई कार्यान्वयन गर्नको लागि म निरन्तर लाग्ने छु, यसमा मेरो भूमिका महत्वपुर्ण हुनेछ ।’

नवनिर्वाचित महासचिव सारुले जिल्लाको स्थानिय उत्पादनलाई वजारीकरण गर्नको लागी पहल गर्ने बताउनुभएको छ । उहाँले ब्यवसायिहरुलाई कर सम्बन्धि शिक्षा दिने र कृषि, पशु तथा स्थानिय उत्पादनलाई ब्यवसायिकरण गर्दै वजारीकरणमा सहयोग गर्ने दावी गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस