मानव अधिकार रक्षक अभिमुखिकरण कार्यक्रम सल्यानको खलंगामा सम्पन्न

सल्यान ४, चैत ।
सल्यानमा मानव अधिकार रक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ‘सबैका लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नारा सहित एक दिने अभिमुखिकरण कार्यक्रम जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रमुख झंकर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा समग्र मानव अधिकारका बिषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकिल कार्यालय सल्यानका जिल्ला न्यायधिबक्ता भिमसेन काफ्लेले हरेक नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । उहाँले मानव अधिकार उलंघनलाई रोक्दै यसको रक्षाका लागि सबै सरोकारवाला लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका दिपेन्द्र बहादुर सिंहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अधिकारकर्मी मिना बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा मानव अधिकारको क्षेत्रमा कार्यरत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस