सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँ : अर्थमन्त्री ज्वाला

सल्यान ४, चैत ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउनुभएको छ । उहाँले मुख्यमन्त्री महेद्र बहादुर शाही नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन आफुहरुले फिर्ता नलिएको बताउनुभएको हो ।

सामाजिक सञ्जाल फेसवुकमा आफ्नो प्रतिक्रिया दिदैँ मन्त्री ज्वालाले कुनै गुटगत बैठक विधानअनुसार नभएकोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । ‘नेकपा एमाले प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौ’ उहाँले लेख्नुभएको छ ।


उहाँले औपचारिक सूचना बिनै बोलाइएको गुटगत बैठकलाई संसदीय दलको बैठक भनेर मान्न नसकिने बताउनुभएको छ । ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ । यो नेकपा एमाले प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउदछौ’ उहाँले लेख्नुभएको छ ।

उहाँले प्रदेश सभा दलको समर्थन सरकारलाई कायमै रहेको दावी गर्नुभएको छ । एमालेका नेता यामलाल कँडेलको अध्यक्षतामा आज बसेको बैठकले भने भोलिदेखि लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस