शारदामा तेस्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सल्यान ५, चैत ।
सल्यानको शारदा नगरपालिकामा विहीवारदेखि तेस्रो मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्लाको सदरमुकामख खलंगा स्थित लुहापिङ खेलमैदानमा सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ ।

तेस्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै न्यायाधिस पाण्डेले सवैले खेल खेल्ने वानीको बिकास गर्नुपर्ने बताउनुभएको छ । खेल जित्नका लागी मात्रै नभएर आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि यसले मद्धत गर्ने भएकाले खेल खेल्ने वानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले खेलाडीहरु परिवार, बिद्यालय, समाज र समग्र राष्ट्रको गहणा भएको बताउदैँ उहाँले खेल क्षेत्र र खेलाडीहरुको विकासको लागी सबै लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले खेलाडीको प्रोत्साहनको लागी खेल क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशव सिंह श्रेष्ठले बोल्नुभएको थियो । स्रोत ब्यक्ति बिर बहादुर सेजवालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन लिलाधर बबालले गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत विभिन्न विधाहरुमा खेल भैरहेका छन् । जसमा भलिवल, कपर्डी, एथ्लेटिक्स, तेकान्दो लगाएका प्रतियोगिता सञ्चालन भैरहेको शारदा नगरपालिकाले जनाएको छ । प्रतियोगितामा नगरपालिका भित्रका चार दर्जन बढी बिद्यालयहरुले सहभागिता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस