आगलागी पिडितलाई कपुरकोट गाउँपालिकाद्धारा राहत प्रदान

सल्यान ७, चैत ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नं २ दानवांगमा शुक्रवार विहान भएको आगलागीबाट पिडित तीन घरपरिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले नगद सहित खाद्यान्न र लत्ता कपडा राहत स्वरुप उपलब्ध गराएको जानकारी दिएको छ ।

आगलागीबाट पूर्ण रुपमा घर जलेर नष्ठ भएका शुक बहादुर बुढा र खर्क बहादुर घर्तीलाई नगद रु १०/१० हजार रुपैयाँ, आंशिक क्षति भएको केशर घर्तीको परिवारलाई रु ५ हजार रुपैयाँ गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, वडा अध्यक्ष मान बहादुर राना, जीन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेन लगाएतले पिडितको घरमै पुगेर उपलब्ध गराउनुभएको हो ।

यस्तै तीन घर परिवारलाई प्रति घर २५ किलो चामल, २ लिटर तेल, ५ किलो दाल, २ प्याकेट नुन, २ थान त्रिपाल, ३ थान ब्लांकेट, ३ थान कम्बल, ३ थान तन्ना पनि राहत रुवरुप वितरण गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

आगलागीबाट स्थानीय सुक बहादुर र खर्क बहादुरको खरको छाना भएका दुई घर पूर्ण रुपमा जलेर नष्ट भएको तथा केशरको जस्ता पाताले छाएको घरको एक तर्फको भाग जलेको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस