सल्यान ७, चैत ।
नेपाल निर्माण व्यवसायी संघ सल्यानको अध्यक्षमा इन्द्र बहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न संघको १९ औं साधारणसभा तथा ९ औं अधिबेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिती चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा डम्बर सिंह सुनार, द्धितिय उपाध्यक्षमा सुशिल जंग चन्द, महासचिवमा जिमजियाङ राई, सचिवमा डिल्लीराज खड्का र कोषाध्यक्षमा कमान सिंह डाँगी चयन हुनुभएको छ । यस्तै संयोजक ठेक्कापट्टामा काली प्रसाद भण्डारी, केन्द्रिय प्रतिनिधिमा धिरज रावत र हिमेन्द्र वाबु सेजवाल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा अम्बर बहादुर गिरी, देव बहादुर खड्का, गेदलाल बस्नेत, जगत वहादुर राज गुरु र दुर्गा प्रसाद डाँगी निर्वाचित हुनुभएको छ । आपसी सहमतीबाट सर्वसम्मत नेतृत्व चयन गरिएको निर्वाचन समितीले जनाएको छ । यसैविच नवनिर्वाचित कार्यसमितीको सपथग्रहण कार्यक्रम समेत शनिवार सम्पन्न भएको छ ।